वागमती

यी युवती जसले आफ्नै घरबेटीकै पैसा र गहना युवाहरुलाई चोर्ने लगाइन्

Banner

सिन्धुपाल्चोक,पुस २८-

दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ तोला सुन चोरी गर्ने गिरोहका चार जना पक्राउ परेका छन्। नगदसहित सुन चोरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेको हो। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ तोला सुन चोरी भएको थियो।

घरमा कोही नभएको मौका छोपी दिउँसै घरमा चोरी भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले पीडित श्रेष्ठको घरमा डेरागरी बस्ने सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो।

चोरीमा संलग्न कञ्चनसहित इन्द्रावती गाउँपालिका १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती ९ भिमटारका २५ वर्षीय बुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तामाङ रहेको प्रहरीले जनाएको छ।

पीडित श्रेष्ठको घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य तीन जना युवाको सहयोगमा चोरी गरेकी हुन्। चोरीको योजनाकार पराजुली पीडित श्रेष्ठको छोरीको सहपाठी पनि हुन्। आफूसँग रहेको घरको मुल ढोकाको चाबी ती युवकहरूलाई दिएर कञ्चनले चोर्नको लागि परिचालन गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>