सुदूरपश्चिम

माघी पर्वको अवसरमा गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

Banner

कैलाली,पुस २७-

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा दिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

माघी पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने गरिएको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>