गण्डकी
एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन
०
कावासोती,पुस २६-
नेकपा (एमाले) नवलपुरको आठौं जिल्ला अधिवेशनले मुक्तिराम पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मनवीर थापामगर, सचिवमा भीमलाल अधिकारी, उपसचिवमा भीमलाल कडेँल र यमुनाथ आचार्यसहित एक सय पाँच जनाको जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।
एमालेका केन्द्रीय सदस्य, नवलपुर इञ्चार्ज एवम् अध्यक्ष मण्डलका अध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक) ले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराएका थिए । अध्यक्षले बाँकी पदाधिकारी र सदस्यको सपथ ग्रहण केही दिनपछि गराउने एमाले नवलपुरका जिल्ला सदस्य विद्रोही गिरीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>