देश/प्रदेश

कञ्चनपुरको मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

Banner

कञ्जनपुर, पुस २७-

दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले रु दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताउनुभयो ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी रु ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यस अघिनै भएको छ । “विमानस्थल पुनः निर्माणको शिलान्यास कार्यक्रमको सबै प्रक्रिया पूरा भइसकेको छ” समितिका सदस्य ज्ञानेन्द्रबहादुर महताले भन्नुभयो,“विमानस्थल पुनःनिर्माणको शिलान्यास कार्यक्रम सुरु भएसँगै निर्माण कार्यले गति लिन्छ ।” विमानस्थलको लम्वाइ एक हजार ६६२ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>