देश/प्रदेश

एमाले दाङ अध्यक्षमा हुकुमबहादुर बस्नेत

Banner

दाङ, पुस २४ –

नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । पार्टी विभाजनपछि अध्यक्षको जिम्मेवारी सम्मालिरहेका बस्नेत १३औँ जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका -१२ का स्थायी बासिन्दा पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>