देश/प्रदेश

माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण

Banner

काठमाडौं, पुस २४ –

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोभिड १९ संक्रमण भएको छ ।

स्वास्थ्यमा केही असहजता महसुस गरी शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए ।

उनकाअनुसार संक्रमण देखिएकोले श्रेष्ठ १४ दिन होम आइसोलेसनमा रहने भएका छन् ।

श्रेष्ठले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोधसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>