देश/प्रदेश
ओलीको प्रश्न: निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?
०

काठमाडौं, पुस २३ –
नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।
काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे ।
‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’
११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























