नवलपुर

प्रगतिनगर खानेपानी निर्वाचन : चार दलीय गठबन्धनका उम्मेद्वारलाई हराउँदै एमालेका उम्मेद्वार विजयी

Banner

नवलपुर, पुष २० –

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल निर्वाचित भएका छन् ।

खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको हिजो सोमबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भुसाल निर्वाचित भएका हुन् ।

भुसालले नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरेका हुन् । भुसालले कुल ५ सय ५९ मतान्तरले पौडेललाई पराजित गरेका हुन् । भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे ।

यसैगरी सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले जितेका छन् । उनले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले हराए । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>