Breaking News

म्याद नाघेको चियापत्ती बेच्दै युनिलिभर, प्रशासनले गर्‍यो ७३ टन चियापत्ती नष्ट

०
Banner

मकवानपुर, पुस १९–

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती आज नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको अगुवाइमा स्थानीइ प्रशासनले गत भदौ १५ गते हेटौँडा उपमहानगरपालिका–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट उक्त चिया बरामद गरेको हो । उद्योग अनुगमनका क्रममा प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका र लेबल स्पष्ट नभएको चियापत्ती फेला पारेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीको रहोवरमा चिया नष्ट गरेको हो । नष्ट गरेको चियापत्ती झण्डै रु एक करोड ८० लाख बराबरको रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>