देश/प्रदेश

सर्लाहीमा तीन जना सबार मोटरसाइकल दुर्घटना, तीनै जनाको मृत्यु

Banner

जनकपुरधाम, पुस १८-

सर्लाहीमा तीन जना सबार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा बा.१९प.७१९७ नम्बरको मोटरसाइकल गयराति आफै अनियन्त्रित भई रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल खसेको हो ।

मृत्यृ हुनेमा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंह रहेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए।

त्यस्तै अहिले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलगंवा लगिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>