देश/प्रदेश

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ: विजय सुब्बा

Banner

काठमाडौँ, पुस १७-

नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी०मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताउनुभएको छ ।कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उहाँले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौँगुणा खतरनाक भएको जिकिर गर्नुभयो ।

नेता सुब्बाले भन्नुभयो, “देश र जनताका पक्षमा इमान्दार भएर काम गर्ने गुरुङ वामपन्थी र प्रगतिशील आन्दोलनका जर्नेल हुनुहुन्थ्यो, मुलुकमा सोचेअनुरुपको परिवर्तन अझै हुन सकेको छैन, नेताको आर्थिक हैसियत चुलिएको छ तर जनता भने उस्तै छन् ।”

नेपाल कम्युनिष्ट पार्टी काठमाडाँै जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “सच्चा कम्युनिष्टको छवि बनाउनुभएका र जनताको समृद्धि तथा देशको स्वाधीनताका लागि मात्रै अहोरात्र योगदान दिने गुरुङ सर्वहाराको मुक्तिका लागि लडेको क्रान्तिकारी व्यक्ति हुुनुहुन्थ्यो ।”

तेह्रथुमको आम्बुङमा २००७ भदौमा जन्मनुभएका गुरुङले त्यस क्षेत्रको शिक्षाको उन्नयनमा ठूलो योगदान पु¥याउनु भएको स्मृतिसभामा सहभागी वक्ताले स्मरण गरे । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा विद्यार्थीकालदेखि नै संलग्न गुरुङले पटकपटक गरी दशाँै पटकसम्म हिरासत र जेल जीवन बिताउन परेको थियो ।

गुरुङका सहयात्री कृष्ण सुब्बा, धीरेन्द्र उपाध्याय, छोरा खिलेन्द्र गुरुङलगायत वक्ताले उहाँको राष्ट्रियता र जनजीविकाको सवालमा मात्र होइन, राजनीतिक मूल्य, मान्यता, सादा जीवन, इमान्दारिता र उच्च अनुशासनको चर्चा गर्नुभयो ।नेकपा ९एमाले०, नेकपा ९माले०हुँदै जीवनको उत्तराद्र्धमा नेकपा माओवादीमा क्रियाशील गुरुङ नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । युवालाई उद्यमी बन्न र आत्मनिर्भर हुन सधैँ प्रेरित गर्नुहुने गुरुङका परिवारले उहाँले अध्ययन÷अध्यापन गर्नुभएको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापना गर्ने जानकारी दिए । अघिल्लो वर्ष पुस ७ गते कोभिड–१९ को सङ्क्रमणबाट उहाँको निधन भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>