अपराध

लागूऔषधको कुलतमा फस्दै किशोर किशोरी, पाँच जना पक्राउ

Banner

दाङ, पुस १७-

दाङको तुलसीपुरबाट दुई दिनको अवधिमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन महिला र दुई पुरूष गरी पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरीएको हो ।

प्रकाउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेको डिएसपी अर्यालले बताए ।

त्यस्तै पछिल्लो सयम तुलसीपुरमा किशोर किशोरीहरु लागूऔषधको कुलतमा फस्दै गएको प्रहरी बताउँछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>