गण्डकी

गोरखामा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

Banner

गोरखा, पुस १६-

आरुघाट बजारबाट माछाखोलातर्फ जाँदै मिनी ट्रक गोरखाको माछाखोलामा पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

प्रहरीको अनुसार बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक र अर्का एक जनाको मृत्यु भएको हो ।

चालक २३ वर्षका निराजन नेपाल हुन् भने अर्का व्यक्ति अन्दाजी २१ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै धार्चे ३ का आसमान गुरुङ, २६ वर्षीया शरणी गुरुङ, उनकी २ वर्षकी छोरी सपना गुरुङ र धार्चे ५ कि अश्मिता गुरुङ गरी ४ जना घाइते छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>