देश/प्रदेश
कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर
०

बैतडी, पुस १६ –
नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सँधै जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको सुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा भएका छन् ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जनप्रतिनिधि, नेता कार्यकर्ताको लगायतको उपस्थिति रहेको नेविसङ्घ बैतडीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कपिल केसीले जानकारी दिनुभयो ।
रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























