अपराध
अज्ञात समूहद्वारा हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड
०

काठमाडौँ, पुस १६-
बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख अज्ञात समूहले तोडफोड गरेको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालको अनुसार अज्ञात समूहले राजा प्रताप मल्लको समय अर्थात् वि.सं.१७०५ मा राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको हो ।
अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको र पहिलेकै अवस्थामा ल्याउन विज्ञहरुसँग छलफल गरिरहेको खनालले बताए ।
अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























