देश/प्रदेश

काठमाडौँका गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन वितरण

Banner

काठमाडौँ, पुस १५-

काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ ।लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो ।

भ्याइस अफ वेमनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले जाडोका समयमा सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिको सुविधाका लागि सो सहयोग गरिएको बताउनुभयो ।

विसं २०७८ जेठमा स्थापित उक्त क्लबले गत असोजदेखि हरेक हप्ताको बिहीबार १०० जनालाई स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्दै आएको छ ।उक्त क्लबले बिरामी व्यक्तिको घाउमा ड्रेसिङ गर्नाका साथै बिरामीलाई फलफूल, दूधलगायत खाद्यान्न पनि सहयोग गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>