अपराध
२ करोड २९ लाखको चेक चोरी प्रकरणको विषयमा एसएसपी सिंहमाथि छानबिन सुरु
०

काठमाडौँ, पुस १५-
महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।
हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा एसएसपी सिंहको मिलेमतो रहेको भन्दै उजुरी परेपछि प्रहरी हेडक्वार्टरले छानबिन समिति गठन गरेको हो।
डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा गठित छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्।
हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























