खेलकुद

नेपाली भलिबल टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

Banner

काठमाडौँ, पुस १५-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका नेपाली भलिबल टोलीलाई बाजा बजायर स्वागत गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा, उपाधि निरोज मास्के लगायतले टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो।

बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हुन् ।

मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो । ६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३-२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो ।

पुरुषतर्फ भने ५ टिम सहभागि रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>