देश/प्रदेश
जिप दुर्घटनामा ६ जनाको मृत्यु , मुस्लिम संस्कार अनुसार सामूहिक अन्त्येष्टि
०

रौतहट , पुस १५-
गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको मुस्लिम संस्कार अनुसार आज सामूहिक अन्त्येष्टि गरिएको छ ।
दुर्घटनामा परी एउटै टोलका १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेस गरी ६ जनाको मृत्यु भएको हो ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा बिहेमा जन्ती हिँडेको भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना भएको थियो ।
गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























