देश/प्रदेश

वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

Banner

बुटवल, पुस १४-

वर्षासँगै चिसो बढेपछि बुटवलका उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै दुई दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

नगर कार्यपालिकाको वैठकले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीका अनुसार बुटवलमा ३८ सामुदायिक र ५८ संस्थागत (निजी)  विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>