मौसम
आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने
०

काठमाडौं,पुस १४-
यतिबेला मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत भइरहेको छ ।
बुधबार आज धेरैजसो स्थानमा पूर्वतय बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण, हवाईरयातायात लगायत नगर्न सुचनासमेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम अनुकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविदहरुले जानकारी गराएका छन् । विभिन्न क्षेत्रमा शुक्रबारसम्म बर्षा हुने मौसमविद्हरुले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























