देश/प्रदेश

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

Banner

बागमती, साउन २९ –

बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ ।

व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिनुभयो ।

बागमती प्रदेशअन्तर्गतका सहरको दीगो, उत्थानशील, पर्यावरणमैत्री र सन्तुलित सहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उहाँले बताउनुभयो ।

प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजनासहित पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>