देश/प्रदेश

काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु

Banner

खोटाङ, साउन २९ –

ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले राससलाई जानकारी दिनुभयो ।

ट्याक्टर र त्यसका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>