स्वास्थ्य
सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो
०

काठमाडौँ, साउन २९ –
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सर्पदंशविरुद्धको खोप र रेबिजविरुद्ध प्रयोग हुने खोप बिहीबार प्राप्त भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्पदंशविरुद्धको आठ हजार २०० भायल र रेबिजविरुद्धको १७ हजार ६०० भायल खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ ।
प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । केही दिनअघिदेखि रेबिजविरुद्धको खोप सहज रुपमा प्राप्त नभएको गुनासो थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























