देश/प्रदेश

दासको परिवार ६ बुुँदे मागमा शव बुुझ्न तयार

Banner

कैलाली, पुस १२

कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवारले ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन भएपछि शव बुुझ्न सहमत भएको छ ।

आइतबार भएको छलफलमा गाउँपालिकासँग ६ बुुँदे सहमति भएपछि पीडित परिवार शव बुुझ्न तयार भएको हो ।

पीडित पक्षले उठाएका ८ मध्ये ६ बुुँदेमाग सम्बोधन विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न सहमत भएको जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले जानकारी दिए ।

दोषीलाई कारबाहीको दायरामा ल्याउने, मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने,पीडित परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन जस्ता मागमा सहमति भएको भण्डारीले बताए ।

त्यस्तै गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामाकरण गर्ने मागमा छलफल भएको छैन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>