चितवन विशेष

अनेरास्ववियु बालकुमारी क्याम्पस कमिटी अध्यक्षमा निकेश उप्रेती

Banner

चितवन, पुस ११ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बालकुमारी क्याम्पस कमिटीका अध्यक्षमा निकेश उप्रेती चयन भएका छन् ।

क्याम्पसमा आज आइतबार भएको सम्मेलनले सर्वसम्मतीमा ३६ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा रुद्र पौडेल, सचिवमा राम पाण्डे, सहसचिवमा दिवस पौडेल, श्रृजना रेग्मी, सविना बस्याल र कोषाध्यक्षमा सन्तोषी पौडेल चयन भएकी छिन् ।

अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज प्रकाश भट्टको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अनेरास्ववियु बालकुमारीका निवर्तमान अध्यक्ष अमित अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य देव पाठक, धिपन भण्डारी, अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश आचार्य, अनेरास्ववियुका जिल्ला नेता अमितकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको अनेरास्ववियुले धमाधम विभिन्न क्याम्पसहरुको नयाँ कमिटी गठन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>