अपराध

सिके राउतका कार्यकर्ताद्वारा सिराहामा गाडी तोडफोड

Banner

लहान ,पुस ११-

सिराहामा बन्द उल्लंघन गरेको आरोपमा सिके राउतका कार्यकर्ताहरुले मिर्चैयामा गाडीहरू तोडफोड गरेका छन् ।

औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेको र गहुँ वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले यही पुस २ गते सो गहुँ आफैं लगेका थिए ।

गहुँ लगेपछि गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने एक जनालाई पक्राउ गरेको छ ।  लगेपछि गहुँ लुटेको आरोपमा क जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरिएको छन् ।

त्यस्तै एसपी हिरा पाण्डेका अनुसार प्रहरी नभएको मौकामा मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् ।

त्यस्तै पाण्डेका अनुसार ‘चार-पाँच वटा गाडीहरू तोडफोड भए पनि बल प्रयोग गरेर सडक बन्द गर्न नदिएको तथा लामो र छोटो दुरीका सबै गाडी चलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>