देश/प्रदेश

माओवादी महाधिवेशन : एसपीको कमाण्डमा सुरक्षा प्रवन्ध

Banner

काठमाडौँ, पुस ११-

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाविधेशन आज देखि सुरु हुँदै छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त राष्ट्रिय महाधिवेशनको सुरक्षार्थ एसपीको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको छ ।

रानीपोखरी र दरबारमार्गका डिएसपीका कमाण्डमा रिजर्भ टोली पनि परिचालन गरिएको तथा सुरक्षाका लागि ३५० भन्दा बढी प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

गतिविधि निगरानीका लागि सीसीटीभीबाट अनुगमनको व्यवस्थासमेत मिलाइए र नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि कार्यक्रम स्थल र मुख्य सडक क्षेत्रमा खटाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>