नवलपुर

व्यवहारिक शिक्षा हाम्रो प्राथमिकता होः मुख्यमन्त्री पोखरेल

Banner

नवलपुर, पुस ८–

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले व्यवहारिक शिक्षामा लगानी गर्ने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाट गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा शिक्षाको गुणस्तर वृद्धिका लागि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रदेशका सबै जिल्लामा ‘प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम’ ल्याएर सोही कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्र बलियो र व्यवहारमा प्रयोग आउने गरी लागू गर्ने योजना बनाइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । गण्डकी प्रदेश सरकारले शिक्षा नीति बनाइसकेको भन्दै पोखरेलले सरकारले बनाएको शिक्षा नीतिलाई व्यवहारिक शिक्षामा बढी केन्द्रित गरेर योजना बनाउने बताउनुभयो । अहिले युवा उच्च शिक्षा लिएर पनि प्रमाणपत्र लिने काम मात्रै भएको उल्लेख गर्दै पोखरेलले त्यो प्रमाणपत्रले रोजगार सिर्जना गर्न नसकेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले शिक्षासँगै क्रमशः सीपको विकास गरेर लैजाने र त्यही शिक्षाले रोजगारको वातावरण सिर्जना गर्नेगरी काम गर्ने बताउनुयो । प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सामुदायिक विद्यालयको स्तरोन्नतिमा लाग्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका सामुदायिक विद्यालयलाई सरकारले ठूला र नमूना विद्यालयको रुपमा विकास गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

देवचुली माध्यमिक विद्यालयले आजदेखि सुरु गरेको स्वर्ण महोत्सव कार्यक्रममा विभिन्न शैक्षिक कार्यक्रम आयोजना गर्दै वैशाख १ गते समापन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>