अपराध

सङ्खुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

Banner

सङ्खुवासभा, पुस ७-

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो ।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।

यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>