अपराध
भक्तपुरबाट मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ
०
काठमाडौँ, पुुस ५-
भक्तपुरबाट मादक पदार्थ सेवन गरी कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
भोजपुर केराबारी घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राईले २५ वर्षीया श्रीमतीको कुटपिट गरी हत्या गरेको हो ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै हत्यापछि फरार रहेका जिवनलाई पक्राउ गरी थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























