अपराध

काठमाडौंबाट लागुऔषधसहित एक जना पक्राउ

Banner

काठमाडौँ, पुस ५-

प्रहरीले आइतबार काठमाडौंको दक्षिणकालीबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार रहेका पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने १९ वर्षीय अर्जुनकुमार साहलाई झोलामा टेपले बाँधेर डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल ल्याएको अवस्थामा प्रहरीले प्रकाउ परेको हो ।

उनलाई दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले पक्राउ परेका साहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>