देश/प्रदेश

नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेस्डर’ मा मह जोडी

Banner

काठमाडौँ, पुस ४-

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको सम्झौता पत्रमा हस्ताक्षण गरेर ‘ब्रान्ड एम्बेस्डर’मा नियुक्त भएका छन्।

उक्त सम्झौता पत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले दुई कलाकारलाई ‘ब्रान्ड एम्बेस्डर’का रुपमा स्वागत गर्न पाउँदा गौरव महसुस भएको बताए।

त्यस्तै कलाकार मदनकृष्ण र हरिवंशले टेलिकमको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएपछि स्वदेशी लगानी, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक संस्थाको ‘ब्रान्ड एम्बेस्डर’ हुन पाएकोमा गौरवान्वित महसुस गरेको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>