अपराध

सिरहामा छुरा हानाहान : एकको मृत्यु, एक गम्भीर घाइते, पूर्वपश्चिम राजमार्ग अवरुद्द

Banner

काठमाडौँ, पुस ४-

शनिबार साँझ सिरहामा छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्।

घटनाको विरोधमा डोहटियाका बासिन्दाले बिहानैदेखि दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गरिनुपर्ने, घाइतेलाई निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग राखेर पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको उपारका क्रममा धनगढीमाई नगरपालिका ९ स्थित आरके मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। यस्तै छुरा प्रहारबाट गम्भीर घाइते भएका स्थानीय १९ वर्षका निकेश सदा आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

दुई समूहबीच छुरा हानाहान भएको र एक समूहको अहिलेसम्म पहिचान नखुलेको सिरहा प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय (सिरहा) का प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले घटनाबारे अनुसन्धान तथा दोषीको खोजी भइरहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>