अपराध

बालिका बलात्कारमा संलग्न १४ वर्षीय किशोरलाई १२ वर्ष कैद सजाय

Banner

काठमाडौँ, पुस ४-

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले एक बालकलाई १२ वर्ष कैद सजाय सुनाएको छ ।

बालबिज्याइँको कसुरमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका एक १४ वर्षीय किशोरलाई अदालतले १२ वर्ष कैद सजायर र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

२०७८ साउन २ गते गाईबस्तु चराउन गएकी गाउँकै बालिकालाई जबर्जस्ती करणी गरेको पर्सिपल्ट साउन ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किशोरविरुद्ध अभिभावकले मुद्दा दर्ता गरेका थिए। बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएको थियो।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी कैलाश अधिकारीका अनुसार कम उमेरको भएकाले उनलाई बालसुधार गृहमा राखिएको र फेरि अदालतले १२ वर्षसम्म त्यहीँ राखिने बाताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>