देश/प्रदेश
राष्ट्रिय प्रसारण लाइनमा लमजुङबाट जोडियो ४ मेगावाट बिजुली
०

काठमाडौँ, पुस ३-
राष्ट्रिय प्रसारण लाइनमा लमजुङको छन्दीखोला आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा बिजुली जोडिएको छ ।
राष्ट्रिय प्रसारण लाइनमा आयोजनाले मंसिर पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि व्यवसायीक रुपमा भने भर्खरै जोडिएको हो ।
२०७५ साल कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७७ साल साउन भित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण आयोजना एक वर्ष पछाडि धकेलिए थियो ।
त्यस्तै निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको भएपनि प्रसारण लाइनमा समस्या आउँदा ४ महिना ढिला गरी प्रसारण लाइनमा जोडिएको छ ।
हाल लमजुङ छन्दीखोला जलविद्युत आयोजनाले उत्पादन गरेको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























