देश/प्रदेश
गुल्मीमा भिरबाट लडेर श्रीमान्/श्रीमतीको मृत्यु
०
गुल्मी, पुस ३ –
गुल्मीको मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ ।
ल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार भिरबाट लडेर घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।
मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























