गण्डकी
बन्दीपुरमा निर्माण गरिएको फनपार्क सञ्चालनमा
०

तनहुँ, पुस ३-
बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए तापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले त्यो संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























