देश/प्रदेश

टिपरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

Banner

सप्तरी, पुस २-

बिहीबार दिउँसो टिपरले ठक्कर दिएर मोटरसाइकल दुर्घटनामा हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव रहेका छन् ।

एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए।

 इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालको अनुसार यी तीनसहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

त्यस्तै तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन्। मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>