देश/प्रदेश

पर्यटकीय स्थल लुम्बिनीमा आगलागी, एक दर्जन उपहार पसल जलेर नष्ट

Banner

लुम्बिनी, पुस २-

गएराति साढे एक बजेतिर बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा पर्यटक लक्षित एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् ।

लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाका अनुसार आगलागीबाट माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको ७० लाख रुपैयाँ बराबर क्षति भएको हो ।

रातको समय भएको र दमकल एक घण्टापछि आउँदा ठूलो क्षति भएको थियो । त्यस्तै उक्त आगो कवाड बटुल्ने व्यक्तिले ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए ।

दमकल, प्रहरी र स्थानीयको सकयताले आगो नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>