अपराध
दुबईबाट काठमाडौं आएका दुई भारतीय नागरिक पक्राउ
०
काठमाडौँ, मंसिर २६-
दुबईबाट काठमाडौं आएका दुई जना भारतीय पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका उनीहरुलाई सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका छन् र हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
परीक्षणको लागि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको र परीक्षणकौ क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























