प्रदेश १

कोदोमा पनि भारतकै भर, चार महिनामा करोडौंको कोदो नेपाल भित्रियो

Banner

काठमाडौं,मंसिर २३-

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको छ । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा पाँच करोड १५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ६ सय १० मेट्रिकटन कोदो आयात भएको हो ।

अघिल्लो वर्ष चार महिनामा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५ सय ७० मेट्रिकटन कोदो आयात भएको थियो । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>