नवलपुर

नवलपुरको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

Banner

कावासोती,मंसिर २२-

नवलपुरमा गैंडाले आक्रमण गर्दा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् ।

आफ्नै घर नजिकै रहेको चउरमा गएर महतोलाई दिउँसो २ बजेतिर जंगली जनावर गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शेरगञ्ज क्षेत्र नारायणी नदीको आडमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाउँ हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>