अपराध

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सघाउने प्रहरी जवान पक्राउ

Banner

काठमाडौँ, मंसिर १९-

सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन्।

विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको र उनलाई शनिबार पक्राउ गरिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार विदेशबाट आएका यात्रुको सुन लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीले बोकेको सीसी टीभी फुटेजमा देखिएपछि उनी पक्राउ परेका हुन् ।

सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको विमानस्थलका डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>