देश/प्रदेश
थापाथलीमा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाईते
०
काठमाडौँ, मंसिर १९-
काठमाडौंको थापाथलीमा मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको उपचारको क्रममा नर्भिक अस्पताल मृत्यु भएको हो। त्यस्तै स्कुटरमा पछाडि सवार २२ वर्षीय आशिष हुमागाईको भने नर्भिक अस्पतालमै उपचार भइरहेको छ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले दिएको जनाकारी अनुसार बिहान पौने ६ बजे थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले ट्रक चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको बतायो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























