क्रिकेट
सीता रानामगरले खेल्ने भइन् हंगकंगमा हुने क्रिकेट प्रतियोगिता
०

काठमाडौँ, मंसिर १८-
नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन्।
क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी रानामगरले हंगकंगमा खेल्ने यो अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो ।
प्रतियोगिता सन् २०२२ को मे १ देखि १५ सम्म हुनेछ र प्रतियोगितामा विभिन्न ६ टोली समावेश हुनेछन्। यद्यपि सीताले कुन टोलीबाट प्रतिनिधित्व गर्छिन् भन्ने खुलाइएको छैन।
क्रिकेटको माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























