अपराध
विमानस्थलबाट १५ किलो ‘झिटिगुन्टा’ सुन बरामद
०

काठमाडौँ, मङ्सिर १६-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले १५ किलो १६ ग्राम सुन बरामद गरेको छ ।
झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानमा तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको हो ।
तीन दिनदेखि जारी अभियानमा बुधबार मध्यरातसम्म ९६२ यात्रुले सुन बोकेर नेपाल आएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।
हालसम्म ४१० यात्रुले नियमअनुसार लाग्ने राजश्व तिरेर १३ किलो १२ ग्राम सुन फिर्ता लगेका छन् । यसबापत एक करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























