देश/प्रदेश
जुम्लामा बस दुर्घटना, दुईको मृत्यु, दुई घाइते
०
जुम्ला, मंसिर १५
जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा बस सडकदेखि करिब २०० मिटर तल खस्दा जनाको मृत्यु भएको हो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंलेले बसमा सवार चार जना रहेका थिए भने नवीन रावल र विशाल बमको घटनास्थलमा मृत्यु भएको बताए ।
त्यस्तै घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएका र उपचारका लागि घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएकारी दियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























