देश/प्रदेश
घट्टको विषयमा झडप, कुटपिटबाट एकको मृत्यु
०

बझाङ, मंसिर १२-
बझाङमा पानी घट्टको विषयमा विवादमा भएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका-७ को ज्वाडामा स्थानीय दीपेन्द्र थापाले सञ्चालन गर्दै आएको घट्टको विषयमा विवाद हुँदा एकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टका अनुसार शनिबार मदिरा सेवन गरी मृतक पिरु भण्डारी पानी घट्टमा प्रवेश गरेका थिए ।
पानी घट्टमा प्रवेश गरेको भन्दौ थापाले कुुटपिट गरेपछि गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा मृत्युु भएको थियो । हाल मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
त्यस्तै प्रहरीले कुुटपिट गर्ने घट्ट सञ्चालक थापालाई पक्राउ गरेर अनुुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























