देश/प्रदेश
काँग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित

काठमाडौँ, मंसिर ९ –
काठमाडौं क्षेत्र नं ३ वाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी निर्वाचित भएका छन् ।
सर्वाधिक मतका पाएर उनले महाधिवेशन प्रतिनिधि जितेका हुन् । ३ सय ६६ मतदाता रहेको उक्त क्षेत्रमा भण्डारीले २६८ मत पाएका थिए ।
विद्यार्थीकाल देखिनै राजनीतिमा लागेका भण्डारी आफ्नो जन्मस्थान जोरपाटी क्षेत्रमा काँग्रेस राजनीतिमा सक्रिय हुदैं आएका थिए । भण्डारी नेपाल र अमेरिकामा व्यापार व्यवसायमा संलग्न छन् ।
भण्डारी यस अघि पनि महासमिति सदस्य निर्वाचित भएका थिए । उनले यस अघि कांग्रस महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका थिए ।
भण्डारीले आउने काँग्रेस महाधिवेशनमा पनि केन्द्रिय सदस्यका लागि उम्मदेवारी दिने तयारी गरिरहेका छन् ।
अझै केही बर्ष सक्रिय रुपमा राजनीतिमा लाग्ने उनको योजना छ । भण्डारी गैर आवासिय नेपाली संघका पनि सल्लाहकार छन् ।



























